Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । दाङमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका–९ मुकुणडाँडाका ६३ वर्षीय छविलाल गुरुङलाई शनिबार पक्राउ गरेको छ ।
सो बालिकालाई गुरुङले माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij