Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भोजपुर अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठ रहेका छन्। मादक पदार्थ सेवन गरी श्रेष्ठले ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ।
श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सूचना पाएपछि उनलाई इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij