Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका महोत्तरीले मटिहानी नगरपालिका–९का ५२ वर्षीय अजिमउदिन अन्सारी, सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशनकुमार यादव, जलेश्वर नगरपालिका–१ का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका–४ का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका–१० का ३८ वर्षीय अमितकुमार मल्लिक रहेको जनाएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा उनीहरुले सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि प्रलोभन देखाइ पैसा बार्गेनिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij