Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । दोलखाको कालिन्चोक गाउँपालिकामा भएको आगलागीमा नौ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नम्बर ९ कटुवाचौर बजारमा गएराति भएको भीषण आगलागीमा परी नौ घर जलेर पूर्णरुपमा नष्ट भएका हुन् ।
आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाईं, दुर्गा दाहाल, चित्रप्रसाद सेढाईं, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपिलाल थामी, रामबहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।
स्थानीय रुद्रबहादुर ओलीको घरबाट आगलागी सुरु भएको हो । आगलागीबाट लाखौँको क्षति हुनुका साथै पशु चौपाया पनि मरेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij