
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंका प्रस्थान गरेकी छन् । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी आज कोलम्बो प्रस्थान गरेकी हुन् ।
उनलाई बन्दरानाइके इन्टरनेसनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम छ । उनी साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ। सोही अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।
उनले भोलि श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्नेछिन् भने शनिबार श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्धने पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री पौड्याल माघ २२ स्वदेश फर्कनेछिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij