Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

‘नेपाली गर्ल’ चाहिन्छ भन्दै बैंक अकाउन्ट ह्याक गर्ने गिरोह पक्राउ

‘नेपाली गर्ल’ चाहिन्छ भन्दै बैंक अकाउन्ट ह्याक गर्ने गिरोह पक्राउ

  • ललितपुर । नेपाली केटी चाहिन्छ भन्दै विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमा म्यासेज पठाइ बैंक अकाउन्ट ह्याक गर्ने एक गिरोह समातिएका छन् । ललितपुरको सातदोबाटो बस्ने हरि प्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नाममा इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरीको आधारमा ती गिरोहहरुले रकम चाेरी गरेको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए । 
     
    उनका अनुसार पक्राउ पर्नेमा रौतहटकी २७ वर्षीय रविना चौधरी, सप्तरीका ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, ३३ वर्षीय अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र २९ वर्षीय भारतीय नागरिक अवधेशकुमार रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुले ‘नेपाली केटी चाहिन्छ ?’ भन्दै मोबाइलमा म्यासेज पठाएर बैंक अकाउन्ट ह्याक गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरुले आफैंले एप बनाएर २० जना भन्दा धेरैलाई ठगेको पत्ता लागेको प्रवक्ता भारतीले बताए ।

    AGNI GROUP

    Screenshot_2023-02-03-16-24-05-06.jpg

    Screenshot_2023-02-03-16-23-42-21.jpg

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij