
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एकजना महिला घाइते भएकी छन् । हेटौंडा उपमहानगर १८ रामधुनीमा बाघको आक्रमणबाट घास काट्न गएकी महिला घाईते भएकी हुन् ।
जंगलमा घाँस काट्न गएकी स्थानीय ५५ वर्षीया मैती बयलकोटी बाघको आक्रमणबाट घाइते भएकी हुन् । बाघको आक्रमणमा परेर घाइते भएकी बयलकोटीको गाला, ओठ र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।
उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij