
Aug 13 2025 | २०८२, साउन २८ गते
काठमाडौं । शिवम् सिमेन्टको नाफा तीन गुणा बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २५ करोड ९६ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको हो ।
कुल बिक्री आम्दानी सामान्य बढेको छ । बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७६ करोड रुपैयाँ छ । त्यस्तै बिक्री लागत अघिल्लो आर्थिक वर्ष ६ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३ करोड छ ।
साथै बैंकको ब्याज घट्दा वित्तीय लागत पनि घटेको छ । पहिले यस्तो लागत ४ करोड ९६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ करोड रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा छ । मंगलबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ६३३ रुपैयाँ ९० पैसा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij