
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौँमा आइपुगेका छन् । क्वात्रालाई परराष्ट्र सचिव भरतराज पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।
पौडेल र क्वात्राबीच आजै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ, जहाँ कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij