
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौँ । सत्ता गठनबन्धनकाे बैठकले मन्त्रालयको भागबण्डाको टुंगाे लगाएकाे छ । सोहीअनुसार नेपाली कांग्रेसकाे भागमा आठ, नेकपा माओवादी केन्द्रकाे भागमा पाँच, एकीकृत समाजवादी र जसपाकाे भागमा दुइ–दुइ मन्त्रालय परेकाे छ ।
अन्य पार्टीकाे भागमा एक–एक मन्त्रालय परेकाे छ । जसमा कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ ।
त्यस्तै, एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ भने नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय र जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।
लगतै नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय पाउने भएको छ । अन्त्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij