Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । पोखरा महानगर–८ सिर्जनाचोकस्थित होटल लक्ष्मीमा गत ७ भदौमा तास खेलिरहेका बेला जुवाखालबाटै प्रहरी पक्राउमा परेका गाउँपालिका अध्यक्ष २५ हजार धरौटी बुझाएर छुटेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जना जनही २५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गाउँपालिका अध्यक्षसहित सातै जनालाई जनही २५ हजार धरौटीमा छाडिएको बताए ।
उनीहरूलाई कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले धरौटीमा छाड्न आदेश दिएका थिए । अध्यक्ष लालचनसहित पक्राउ परेका घोरपझोङकै सात जनाको साथबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij