
Jul 05 2025 | २०८२, असार २१ गते
काठमाडौं । कोसी सरकारविरुद्धको रिटको सुनुवाइ भदौ १७ गतेलाई सारिएको छ । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो ।
सोही अनुसार रिटको सुनुवाइ आइतबारको लागि सारिएको हो । शुक्रबार न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा कोसी सरकारविरुद्धको रिटको सुनुवाइ परेको थियो ।
न्यायाधीश खतिवडाले रिटको प्रारम्भिक सुनुवाइको बेला आफूले धारणा राखिसकेको बताउँदै शुक्रबार सुनुवाइ गर्न अस्वीकार गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij