Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै एमाले सांसद महेश बर्तौलाले त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन्।
रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै बर्तौलाले घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने जनाए। उनले सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
साथै उनले पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए। त्यस्तै सरकारको गैर जिम्मेवारी व्यवहारका कारण रेजिशाको मृत्यु भएको भन्दै डा.चन्दा कार्कीले पनि निकम्मा सरकारले रेशिजाजस्ता धेरै बिरामीको मृत्यु भइरहेको बताइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij