Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

ओलम्पियन सङ्घका अध्यक्ष विष्ट टर्की प्रस्थान

ओलम्पियन सङ्घका अध्यक्ष विष्ट टर्की प्रस्थान

  • काठमाडौँ । नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् । इस्तानबुलमा विश्व ओलम्पियन सङ्घको आयोजनामा आजदेखि शुरू हुने दुई दिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    विश्वभरबाट एक सय ५० भन्दा बढी ओलम्पियन उक्त सम्मेलनमा सहभागी हुने बताइएको छ । उक्त सम्मेलनमा नेपाल ओलम्पियन सङ्घले विगत दुई वर्षमा गरेका गतिविधि प्रस्तुत गरिनेछ । ओलम्पियन विष्टले एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने बताए ।

    AGNI GROUP

    ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij