Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

भ्रष्टाचार मुद्दामा इञ्जिनियर शाक्य दोषी ठहर

भ्रष्टाचार मुद्दामा इञ्जिनियर शाक्य दोषी ठहर

  • काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा खानेपानी विभागका सिनियर डिभिजनल इञ्जिनियर राजकुमार शाक्य दोषी ठहर भएका छन् । शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विशेष अदालतले विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    गत बुधबार उनीमाथि विशेष अदालतका सदस्यहरु यमुना भट्टराई र खुसी प्रसाद थारुको इजलासले एक वर्ष कैद सजाय हुने फैसला समेत गरेको छ । १२ करोड ३९ लाख रुपैंया सम्पत्ति जोडेका शाक्यले एक करोड ६१ लाख रुपैयाँ मात्रै वैध आर्जन गरेको भन्दै अख्तियारले १० करोड ७७ लाख रुपैयाँ विगो मागदावी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij