Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

  • काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरूद्ध मुद्दा दायर गरेको हो । घोडाघोडी नगरपालिका -२ साडपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा रातह शिक्षकमा कार्यरत शाहमाथि आयोगले आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दाय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न  परेको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रमाणपत्रहरू झुट्टा प्रमाणित भएपछि मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।शाहको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडिएट एजुकेसन,यूपी राजकीय हुसेनावाद इन्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएको अख्तियारको ठहर  छ ।

    AGNI GROUP

    अख्तियारका अनुसार झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याएको पुष्टि हुन आएकाले शाहविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय र मागदावीसहित आरोप-पत्र दायर गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij