Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार विशेष अदालतमा अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो ।
मिलनकुमार थापा अहिले कोषका सदस्य सचिव छन् । उनीहरूमाथि एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । अख्तियार प्रवक्ता भोला दाहालका अनुसार उनीहरूले १४९१.७१८ ग्राम (एक किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम) सुन हिनामिना गरेका छन् ।
प्रदीप ढकाल र मिलनकुमार थापाले मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग हुने बहुमुल्य सुन लगायतका धातुहरूको उचित संरक्षणको गर्नुपर्ने, सुनको जलहरी बनाउने जस्तो संवेदनशील विषयमा सम्बन्धित आधिकारिक ज्ञान भएको विज्ञ व्यक्तिसँग मात्र जलहरी निर्माणको कार्य अगाडि बढाउनु पर्नेमा सो नगरेको अख्तियारले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij