Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटका लागि लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ । लुम्बिनीले नेपालका लागि यू–१९ टिमबाट खेलेका कृष्ण कार्कीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।
लुम्बिनी प्रदेश क्रिकेट संघले १४ रेगुलर खेलाडी र ४ वैकल्पिक खेलाडी सहित १६ जना खेलाडीको नाम घोषणा गरेको हो । टिमको प्रशिक्षकको रुपमा वसन्त शाही छन् भने टिम व्यवस्थापकमा राजेश श्रेष्ठ छन् । लुम्बिनी प्रदेश समुह बी मा रहेर खेल्नेछ । त्यस्तै समुह बीमा एपीएफ क्लब र गण्डकी प्रदेश पनि छन् ।
लुम्बिनी प्रदेशको टिममा कृष्ण कार्की(कप्तान), सुशान्त सिंह थापा, विराट भण्डारी, मिर्नाल गुरुङ, मनिष थापा, महेश राना, सुमित नेवार, ध्रुव सुनार, अजयकुमार लुनिया, अभिषेश गौतम, रमेश कुर्मी, रोशन लाल गुप्ता, मोहम्मद हुसेन र नरबहादुर सार्की रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij