Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

‘खुट्टा भाँच्ने’ पूर्वाधारमन्त्री लम्सालको अभिव्यक्तिमा राप्रपाको आपत्ति

‘खुट्टा भाँच्ने’ पूर्वाधारमन्त्री लम्सालको अभिव्यक्तिमा राप्रपाको आपत्ति

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘खुट्टा भाँच्ने’ भन्ने भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आपत्ति जनाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल‘ज्यूले खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको भन्दै केहीले विरोध गरिरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो बुझाइमा उक्त अभिव्यक्तिको आशय हिंसा प्रवद्र्धन गर्नु होइन, कानुन मिच्ने, लापरवाही गर्ने र जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिनु हो ।’

    AGNI GROUP

    जनताको सेवामा बसेर आफ्नो जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने र राज्यको प्रणालीलाई कमजोर बनाउनेहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नैपर्ने उनको माग छ ।

    ‘जनताले परिणाम चाहेका छन्, बहाना होइन । अनुशासन, जवाफदेहिता र परिणाममुखी कार्यसंस्कृति स्थापित नगरी सुशासन सम्भव हुँदैन र देशले अपेक्षित गति लिन सक्दैन्,’ शाही लेख्छन्, ‘जिम्मेवारीबाट भाग्नेहरूलाई संरक्षण होइन, कानुनअनुसार उत्तरदायी बनाउने समय आएको छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij