Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक बन क्षेत्रको राजमार्गबाट टेम्पो भिरबाट खसाल्ने बनका कर्मचारी र पीडितको बिचमा प्रहरीले छलफल गराउने भएको छ ।
भिमदत्त राजमार्ग सड्क खण्ड स्थित गाइमारेबाट शनिवार टेम्पोमा व्यापार गरेको आरोपमा बनका कर्मचारीले स्थानीयको टेम्पो भिरबाट धकेलेर खसाएका थिए । टेम्पो खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
आइतबार साँझ प्रहरीले डिभिजन बन कार्यालय र सव डिभिजन बन कार्यालयका १२ जना कर्मचारीलाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ पर्नेमा दुईजना बन अधिकृत र बन रक्षकहरू छन् ।
आइतबार साँझ प्रहरीले डिभिजन बन कार्यालय र सव डिभिजन बन कार्यालयका १२ जना कर्मचारीलाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ पर्नेमा दुईजना बन अधिकृत र बन रक्षकहरू छन् ।
बनका कर्मचारी र पीडितहरुको बिचमा पहिलो चरणमा छलफल गराइने कैलालीका एसपी नरेन्द्र चन्दले बताए । उनले भने, ‘पहिलो चरणमा छलफल गराउँछौँ, सहमति नभएमा जाहेरी लिएर अनुसन्धान अघि बढ्छ ।’
पक्राउ परेकाहरूसँग प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ । पक्राउ परेका कर्मचारीहरूको नाम प्रहरीले सार्वजनिक गरेका छैन । टेम्पोलाई टहरोको रूपमा प्रयोग गरेर बन क्षेत्र अतिक्रमण गरेर व्यापार गरेको बन कार्यालयको आरोप छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij