Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढ्यो : राप्रपा सांसद गिरी

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढ्यो : राप्रपा सांसद गिरी

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरतराज गिरीले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढेको आरोप लगाएका छन्।

    onlinepatrika
    Arghakhachi

    सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमामा राष्ट्रियताको वफादारी गरिरहेका किसानहरुको अपमान भएको बताए।

    AGNI GROUP

    उनले भने, ‘प्रधानमन्त्रीज्यूको  विवादास्पद अभिव्यक्तिका कारण आज सीमामा हस्तक्षेप बढेको छ। यसले सीमामा रगत र पसिना बगाएर राष्ट्रियताको वफादारी गरिरहेका सुस्ताका वीर किसानहरूको अपमान भएको छ।’

    उनले सुस्तावासीको साहसप्रति सम्मान व्यक्त गर्दै भने,‘त्यहाँ राज्यको उपस्थिति थिएन, हाम्रा सुरक्षाकर्मी थिएनन्, केवल हाम्रा सोझा हलो जोत्ने किसानहरू थिए। जसले आफ्नो अदम्य साहसले हतियारधारी सैनिकलाई लखेटे र प्रमाणित गरिदिए कि माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम चाहिन्छ।’

    यस्तै, सांसद गिरीले नेपाल–भारतबिचको खुला सीमा क्षेत्रमा बस्ने लाखौँ नेपालीहरूको सुरक्षा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारको धारणा माग गरे।

    उनले सरकारले आगामी हरेक कूटनीतिक बैठकहरूमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij