Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ । दूतावासले इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको बताएको छ ।
एक सर्कुलर जारी गर्दै दूतावासले इन्डोनेसियाको काठमाडौँस्थित अवैतनिक वाणिज्य दूतको कार्यालय मार्फत भिसा सम्बन्धी सम्पूर्ण कार्य गर्न सुझाव दिएको छ। ई–भिसा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्याङ्कन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ ।
नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन एराईभलका लागि पहल भइराखेको जनाउँदै नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जनाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij