Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । जिल्ला अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा आएको पुर्पक्षका लागि थुनामा राख्ने आदेश विरुद्धको पुनरावेदन निवेदनमा बहस सकिएको छ ।
अभियुक्तहरूले उच्च अदालत पाटनमा जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले जिल्लाको आदेश विरुद्ध परेको निवेदनको सुनुवाइ सकेको छ । तर बिहीबार आदेश आएन । सम्भवतः शुक्रवार आदेश आउन सक्छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित २० जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij