Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट संचालक तुलसी राम ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् । कम्पनीले विज्ञप्तिमार्फत कृषि कम्पनीका शेयरधनीहरुलाई प्रभावकारी र भरपर्दाे सेवा शेयर रजिष्ट्रार मार्फत उपलब्ध गराउने विश्वास लिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij