Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । धनकुटा बजारको सुन पसलमा चोरी भएको छ । धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको हो ।
पसल पछाडिको ढोका फुटाएर चोरी भएको पसल सञ्चालक सन्दिप पण्डितले जानकारी दिए । उनका अनुसार करिब आधा तोला सुन र १० किलो चाँदी चोरी भएको छ । ‘सेफ’ मा राखिएको सुन भने जोगिएको छ । ‘सेफ फेड्ने कोशिस गरेछ, नसकेकाले त्यहाँ भएको सुन चै जोगियो,’ पसल सञ्चालक पण्डितले भने, ‘सेफ बाहिर पसलमा भएको सबै सुन चाँदी लगेछ ।’
पसलभित्र वेग्लै ठाउँमा सुरक्षित गरी राखिएको हुनाले थप सुन चोरी हुनबाट जोगिएको हो । विहान पसल खोल्न आउँदा चोरी भएको थाहा भएको हो । चोरीको जानकारी पाएपछि प्रहरी टोली पठाएर घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजवाबु महर्जनले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij