
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका डाइरेक्टर जनरल डा.क्यु दोङयुले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले खाद्य तथा कृषि संगठनले नेपालमा विशेषगरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि एवं सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij