
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बागमतीका छैटौं मुख्यमन्त्री हुन् ।
प्रदेशका कुल ११० सांसदमध्ये बानियाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ ।
यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावमार्फत् संसदीय दलको नेताबाट हटाएर बानियाँ दलको नेता हुँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij