Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

भेरी र बबई नदी क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

भेरी र बबई नदी क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

  • काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तर खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका छन् ।

    images
    images
    images

    भारी वर्षाका कारण नेपालका सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा बाढीको जोखिम बढ्दै गएको छ । भेरी र बबई नदीमा जलस्तर खतराको सीमाभन्दा माथि पुगेको जानकारी पाएपछि प्रधानमन्त्री सिंहले जनधनको क्षति हुन नदिन समयमै पूर्व तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार सिंहले आकस्मिक बैठक बोलाउँदै नदी किनार र जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी तैनाथ गर्न आदेश दिएका छन् ।

    ‘राप्ती र बबई नदीमा जलस्तर बढेको स्थितिमा आकस्मिक बैठक बोलाइएको हो,‘भट्टले जानकारी दिए, ‘त्यो बाहेक देशभर विपद्को अवस्थाबारे छलफल गरिएको छ । आजको लागि विशेष गरी राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा बढी पानी पर्ने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।’

    उनका अनुसार अहिले महाकाली र कर्णाली नदीमा पनि जलस्तर बढ्ने सम्भावना रहेको छ । त्यसैले ती क्षेत्रका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई सुरक्षाकर्मी परिचालनसहित सतर्कता अपनाउन निर्देशन दिइएको हो ।

    images

    कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो व्यक्त गरेका छन् । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले त्यहाँको वस्तुस्थिति प्रत्यक्ष जानकारी गराइसकेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले राप्ती, बबई, कर्णाली र महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा सूचना प्रणालीको भरपुर प्रयोग गर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij