
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
कारागार कार्यालय डिल्लीबजारबाट उनी रिहा भएका हुन् । सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
सो धरौटी तिरेसँगै उनी आवश्यक प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij