
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं । हन्ड्रेड पुरुष क्रिकेट प्रतियोगिता २०२५ आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल इङ्ग्ल्यान्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ११ बजे शुरू हुनेछ ।
लन्डन स्पिरिट र ओभल इनभिन्सिबल्स बीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ । लन्डन स्पिरिटको कप्तानी न्युजिल्यान्डका केन विलियमसनले गर्नेछन् ।
ओपनिङमा अष्ट्रेलियाका डेभिड वार्नर र इङ्ग्ल्यान्डका कीटन जेनिङ्स रहने सम्भावना छ । ओभल इनभिन्सिबल्सको कप्तानी तथा विकेट किपिङको जिम्मेवारी साम बिलिङ्सले सम्हाल्ने छन् ।
उद्घाटन खेलले हन्ड्रेड प्रतियोगिताको लय निर्धारण गर्नुका साथै दुवै टोलीको रणनीति, तयारी र खेल कौशलको परीक्षण गर्नेछ । सन् २०२१ बाट यो प्रतियोगिता आयोजना हुन शुरू भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij