
Aug 05 2025 | २०८२, साउन २० गते
काठमाडौं । गुल्मीको डहरे खोलाले कार बगाएको छ । अविरल वर्षासँगै आएको भेलले सत्यवती गाउँपालिका–६ उर्लीखोला स्थित डहरेखोलाले कार बगाएको हो ।
शान्तिपुरबाट बुटवलतर्फ आउँदै गरेको बीएए ००१७ नम्बरको कार बगाएको प्रहरीले जनाएको छ । कार बगाएर खोलाले ५० मिटर तल पुर्याएको थियो ।
स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको र मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पक्की पुल नहुँदा खोला प्रयोग गरेर आवागमन गर्नु पर्ने बाध्यताले कार बगाएको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij