Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नगर प्रहरीद्वारा पत्रकारमाथि आक्रमण

नगर प्रहरीद्वारा पत्रकारमाथि आक्रमण

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि आक्रमण गरेको छ ।  नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको हो । 

    onlinepatrika
    Arghakhachi

    महासंघ प्यूठान शाखाका अनुसार फागुन १६ गते बुधवार साँझ काठमाडौँको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइ रहेको थियो । सोही विषयको भिडियो खिचिरहेको अवस्थामा पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले आक्रमण गर्दै पत्रकार पोख्रेलको मोबाइलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरू जफत गरेको शाखाले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij