Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस

परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय समितिले परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित जिम्मेवार पदाधिकारीहरूलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको छ ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयले राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले आफ्नो प्रतिवेदन उपकुलपति प्राडा केशरजंग बराललाई बुझाएको छ ।

    images

    उक्त प्रतिवेदनमा परीक्षा नियन्त्रण कार्यालयमा चरम लापरबाही देखिएको भन्दै जिम्मेवार अधिकारीहरूलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको हो ।

    त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८० चैत १५ गते बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रारसमेत रहेका पौडेलको संयोकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । स्रोतका अनुसार परीक्षा नियन्त्रक जोशीसहित सह–परीक्षा नियन्त्रकहरू, २ वटा शाखाका प्रमुखहरूलाई आवश्यक कारबाही गर्न समितिले सिफारिस गरेको हो ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij