
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ स्थित गोदामचौरमा आपसी विवाद हुँदा एकजनाले चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ४६ वर्षीय सुकबहादुर लामा घाइते भएका छन् । उनको चिउँडोमा चोट लागेको छ ।
चक्कु प्रहारमा संलग्न २५ वर्षीय महेश्वर लामालाई प्रहरीले पक्राउ गरेको छ । युवकले मदिरा सेवन गरेर आपसी विवाद हुँदा चक्कु प्रहार गरेका हुन् ।
घाइतेलाई उपचारको लागि ललितपुर स्थित बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे प्रहरी वृत्त थानकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij