Jun 07 2026 | २०८३, जेठ २४ गते
ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो पालिकाभित्र उद्यम गर्ने उत्कृष्ट १० महिलालाई सम्मान गरेको छ ।
ललितपुरमा भएको महिला उद्यमी सम्मेलनमा ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका महिलालाई सम्मान गरेको हो ।
महानगरले गरेको चौथो महिला उद्यमी सम्मेलनमा उनीहरूलाई सम्मान गरिएको हो । उनीहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मानपत्र प्रदान गरे ।
सम्मानित हुनेमा वडा नम्बर १३ स्थित आमाज क्रिएसनकी सुरुचि खड्का, वडा नम्बर ३ स्थित कटन केयर होमकी हसना महर्जन, वडा नम्बर १९ स्थित नेटमेड फार्मेसीकी सुप्रिया शाक्य, वडा नम्बर २३ स्थित जरा सोसल भेन्चर प्रालिका हेमा श्रेष्ठ छन् ।
त्यसैगरी वडा नम्बर २२ स्थित रानीदेवी कृषि तथा पशुपालन फार्म प्रालिकी नानीमाया नेपाली, वडा नम्बर ७ स्थित नेवाः नशाः घासाः की दिलमाया महर्जन, वडा नम्बर ११ स्थित निभा ट्रेड इन्टरप्राइजेजकी निलिमा बज्राचार्य, वडा नम्बर २८ स्थित वःसकी दीपा कर्माचार्य, वडा नम्बर १९ स्थित बेस्ट ट्रेडर्सकी सुनिता बज्राचार्य, वडा नम्बर २ स्थित न्हु डिजाइन्सकी रश्मी तण्डुकार सम्मानित भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij