Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

जेठ महिनाभित्र एनआईसी एसिया बैंकको ऋण तिरे जरिवाना रकममा छुट

जेठ महिनाभित्र एनआईसी एसिया बैंकको ऋण तिरे जरिवाना रकममा छुट

  • काठमाडौँ । एनआईसी एसिया बैंकले जेठ महिनाभित्रमा कर्जा रकम चुक्ता गरे जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा पनि छुट दिने भएको छ ।  बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले यो योजना ल्याएको जनाएको छ । 

    images
    images
    images

    बैंकका अनुसार ९१ दिनदेखि १८० दिनको भाखा नाघेका ऋणीको ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेको समयावधिका ऋणीलाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय नाघेकाले ३५ प्रतिशत छुट पाउनेछन् । 

    images

    मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij