
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।
जाजरकोट छेडागाड नगरपालिका–५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोही नगरपालिका–१० की ३२ वर्षीया बिपना बुढा पक्राउ परेकी हुन् ।
इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij