Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने

त्रिविले पुरानो नतिजाहरू असारभित्र प्रकाशित गरिसक्ने

  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने  त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पुरानो नतिजा असारभित्र प्रकाशित गर्नेगरी तयारी गरिएको बताए । 

    images
    images
    images

    केही विषयमा परीक्षा भएर पनि लामो समयदेखि नतिजा प्रकाशन हुन नसकेको अवस्थामा त्रिविले असार मसान्तभित्रमा सबै नतिजा प्रकाशित गरिसक्ने बताएको  छ ।

    images

    त्रिविले एक वर्ष भन्दा बढी समय भइसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । कर्मचारीको अभावमा नतिजा प्रकाशन गर्नमा ढिलाइ भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।   

    ‘हामी आइसकेपछि पुराना नतिजाहरू के कति बाकी छ, त्यसको रिपोर्ट लिइरहेका छौँ । पुराना सबै नतिजा असारभित्र प्रकाशित गर्ने गरी तयारी गरेका छौँ । ढिलोमा असारभित्र पुरानो परीक्षाको नतिजा प्रकाशित हुन्छ,’ रजिस्ट्रार रिजालले भने ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij