Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेपाल चिया बिकास निगमका सिनियर एकाउन्टेन्टसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

नेपाल चिया बिकास निगमका सिनियर एकाउन्टेन्टसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । झापाको नेपाल चिया बिकास निगम लिमिटेड, बिर्तामोडका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासहित ४ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल विद्युत प्राधिकरणलाई विद्युत महशुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल विद्युत प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    AGNI GROUP

    आरोपपत्रमा बिलोटियासहित तत्कालीन लेखापाल मनिष कुमार कर्ण, तत्कालीन अफिस कर्ल्क राजु भन्ने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल बेदबहादुर रानालाई प्रतिवादी बनाइएको छ ।

    उनीहरूले ३९ लाख ८९ हजार ६७७ रूपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ । साथै, आयोगले उक्त रकम असुल गरी आवश्यक कारबाही गर्न माग गरेको छ ।

    No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij