Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

सुनसान छ डाक्टर केसीको अनसनस्थल

सुनसान छ डाक्टर केसीको अनसनस्थल

  • काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइएको छ । 
    डाक्टर केसी विगतमा जस्तै स्वाथ्य क्षेत्रका विभिन्न माग राखेर २२ औँ पटक अनसनमा बसिरहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले यो अनसन सुरु गरेका हुन् । उनले सबै नेपालीलाई निशुल्क औषधी–उपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँचदिन देखि अनसनमा छन् ।  

    AGNI GROUP

    यसअघि अनसनहरुमा स्वास्थ्य क्षेत्र सुधारका निम्ति उनले गरेका सत्याग्रहमा ठूलो संख्यामा मानिसहरुले साथ दिँदै आएका थिए । यसपटकको अनसनमा भने पाँचौं दिन डा. केसीको सत्याग्रह स्थल सुनसान छ । 
    उनलाई बुधबार बिहान ८ बजेसम्म, विद्यार्थी देखि अधिवक्तासम्म गरी ८२ जनाले भेट गरेको डा.केसीको सत्याग्रहको समर्थन गर्दै उनको रेखदेख गरिरहेका पवन थापाले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij