Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

आन्तरिक राजस्व’ सङ्कलन

आन्तरिक राजस्व’ सङ्कलन

  • काठमाडौं । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।  कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा रु एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, रु ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत रु ८४ करोड ७६ लाख ४० हजार राजस्व सङ्कलन भएको हो । कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा रु ५१ करोड २३ लाख ५७ हजार  कम सङ्कलन भएको छ । 

    images
    images
    images

    उद्योग– व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले  बताए । झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन्भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व सङ्कलनको लक्ष्य  प्रभावित भएको  उनले बताए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij