
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ– नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ ।
बिहीबार छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।
८५ वर्षको उमेरमा थापाको मृत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि थापालाई दुईदिन अघि अस्पतालमा भर्ना गरिएको थियो ।
थापा २०५२ जेठ १ देखि ०५६ जेठ १ सम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij