Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

पहिलो सपना कोरिया देख्नेका लागि दोस्रो सपना नेपाल बन्नुपर्छ : निर्देशक कँडेल

पहिलो सपना कोरिया देख्नेका लागि दोस्रो सपना नेपाल बन्नुपर्छ : निर्देशक कँडेल

  • काठमाडौं । वैदेशिक रोजगार अनुमति प्रणाली‘ईपीएस’ शाखाकी निर्देशक मैयाँ कँडेलले पहिलो सपना कोरिया देखेकाहरूको लागि दोस्रो सपना नेपाल बन्नुपर्ने बताएकी छन् । 

    images
    images
    images

    बिहीबार दोस्रो पुनः एकीकरण सम्बन्धी जानकारीमूलक कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक कँडेलले पहिलो सपना कोरिया जानु देखेका नेपालीको दोस्रो सपना नेपाल नै हुनुपर्ने बताएकी हुन् । कोरियाबाट नेपाल फर्केकाहरूले नेपालमै रोजगार सृजना गरी आत्मनिर्भर बनुन भन्ने उद्देश्यले ‘पुन एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम’ परियोजना सुरू गरिएको हो ।

    images
    पहिलो पुनः एकीकरण सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम गत वैशाख १७ गते ललितपुरमा सम्पन्न गरिएको थियो । उक्त परियोजनाकै दोस्रो अभिमुखीकरण तथा तालिम आज काठमाडौंमा गरिएको छ ।
    निर्देशक कँडेलले कोरियाबाट फर्केका मात्रै नभएर कोरिया जाने नेपालीहरूले पनि यस परियोजनाबाट नेपाल फर्केर आफै स्वरोजगार बन्ने सक्ने बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij