Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

  • काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिकालाई बिहीबार साक्षर नरगपालिका घोषणा गरिएको छ । नगरपालिकाले साक्षरता कक्षा सञ्चालन गरेसँगै पालिकाको साक्षर प्रतिशत बढेर ९५.१६% पुगेपछि पालिकालाई साक्षर नगर घोषणा गरिएको नगरपालिकाले जनएको छ । 

    onlinepatrika
    Arghakhachi

    बिहीबार आयोजित घोषणा सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुमनलाल कर्णले पालिकाका मेयर हरी मण्डललाई प्रमाणपत्र हस्तान्तरण गर्दै मटिहानी साक्षर नगर भएको घोषणा गरे ।

    AGNI GROUP

    पालिकाका १५ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुषलाई व्यवहारिक सीपसहितको साक्षरता कक्षा सञ्चालन गरी आफ्नो नाम ठेगाना लेख्न सक्ने, परिवारको नाम ठेगाना लेख्न पढ्न सक्ने, आफूले गर्ने सामान्य आर्थिक कारोबारको जोड घटाउ गर्न सक्ने, मोबाइल चलाउन सक्ने,

    घडी हेर्न जान्ने ज्ञान प्रदान गरेसँगै नगर साक्षर नगर घोषणा गर्न सक्ने अवस्थामा पुगेको मटिहानी शिक्षा शाखा प्रमुख तथा साक्षर नगर घोषणा समितिका सदस्य सचिव चन्देश्वर साहले बताए । साक्षरताका १२ वटा सूचक पूरा गर्ने करिब ३ हजार ६ सय नागरिकलाई नगरपालिकाले साक्षर बनाएको साहले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij