Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

आगलागीपीडित १२ घरपरिवारलाई राहत वितरण

आगलागीपीडित १२ घरपरिवारलाई राहत वितरण

  •  काठमाडौं । सुनसरीको दुहवी नगरपालिका–९, छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले एक कार्यक्रमबीच आगलागीपीडित परिवारको घरमै पुगेर उक्त राहत हस्तान्तरण गरेकी हुन् । 

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी इटहरी नगरपालिका–७, रामजानकी टोल सिसौना निवासी आगलागीपीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।

    AGNI GROUP
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो ।
     
    प्रतिपरिवारका दरले २५ किलो चामल, पाँच किलो दाल, तीन किलो नुन, दुई सेट ब्ल्यांकेट, एक सेट स्ट्यान्ड फ्यान, स्टेशनरी एक सेट, एक बन्डल जस्तापाता, एक सेट डिग्निटी किट, एक सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको छ ।
    यसैगरी इटहरी नगरपालिका–७, रामजानकी टोल सिसौना निवासी आगलागीपिडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गरेकी छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij