Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

अधिकृत मोहनप्रसाद मैनालीका हत्या आरोपी १५ वर्षपछि पक्राउ

अधिकृत मोहनप्रसाद मैनालीका हत्या आरोपी १५ वर्षपछि पक्राउ

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालयमा कार्यरत तत्कालीन प्रशासकीय अधिकृत मोहनप्रसाद मैनालीलाई गोली हानी हत्या गर्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-५ बलुवा निवासी प्रेम गिरी १५ वर्षपछि पक्राउ गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कुमार विक्रम थापाका अनुसार पक्राउ परेका गिरीले २०६२ असोज २२ गते जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत मैनाली अफिसको काम सकेर सरकारी निवास तर्फ जाँदै गर्दा निवास अगाडी गोली हानी हत्या गरेका थिए । 

    AGNI GROUP

    यस्तै, गिरीले २०५७ भदौ १२ गते पर्सा विन्दवासिनी गाउँपालिका ४ का ३० वर्षीय देवेन्द्र यादवको घरमा डकैती गर्ने क्रममा गिरी नेतृत्व टोलीले यादवको हत्या गरेको तथा मैनाली र यादवको हत्यामा संलग्न रहेका तथा हातहतियार खरखजाना मुद्दाका फरार अपराधी गिरी दुई व्यक्तिको हत्या र हातहतियार तथा खरखजाना मुद्दामा अदालतबाट दोष ठहर भई सजाय समेत ताकिएको  सूचना अधिकृत थापाले जानकारी गराउनुभयो ।

    उहाँले गिरी नेपालमा मात्रै नभई सीमावर्ती क्षेत्र भारतका विभिन्न ठाउँमा आपराधिक गतिविधिका संलग्न रहेको प्रहरी तथ्याङ्कबाट देखिएको बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij