
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । एक किलो १०१ ग्राम लागु औषध कोकिन निलेर पेटभित्र राखेर नेपाल ल्याउने एक विदेशी महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कंगोकी ४९ वर्षीया अपुला एकुत्सु मबोंगो छिन् ।
बरामद कोकिनको अवैध बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय लागु औषध गिरोहले उनलाई भरियाको रुपमा प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनलाई ठमेलस्थित एक होटलबाट शुक्रबार पक्राउ गरेको हो । उनी ४ जेठमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेकी थिइन् ।
त्यो बेलामा पर्याप्त प्रमाण नहुँदा पक्राउ परिनन् । विमानस्थलबाट उनी सिधै ठमेलको एक होटलमा गएकी थिइन् । शंकास्पद र पुर्वसूचनाका आधारमा ब्युरोको टोलीले उनको निगरानी गरिरहेपछि अलि ढिलो पक्राउ गरेको हो ।
पछि बसेको कोठा खानतलासी गरेर प्रहरीले कोकिन बरामद गरेको हो ।
ह्याण्ड ब्यागभित्र प्लाष्टिकले र्याप गरिएको थियो । ८५ थान कोकिनका क्याप्सुल भेटिएको ब्युरोका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij