Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

विराटनगरबाट ब्राउन सुगरसहित एक पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित एक पक्राउ

  • काठमाडौं । विराटनगरको रानी क्षेत्रबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुनसरीको इटहरी उपमहानगरपालिका–५ घर भएका ३२ वर्षीय सुरज चौधरीलाई आइतबार साँझ ५ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट चौधरीलाई पक्राउ गरेको हो ।  भारतको जोगवनी पुगेर ब्राउन सुगर खरिद गरी पैदल नै नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा चौधरीको साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु ४.०६ ग्राम बरामद भएको डीएसपी बस्नेतले बताए । 

    images

    आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाका सम्बन्धमा रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले लागूऔषधको ओसारपसार, बेचबिखनलगायतका अवैध गतिविधि नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij