Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

अन्तिम रुप दिन कार्यदलको बैठक बस्दै

अन्तिम रुप दिन कार्यदलको बैठक बस्दै

  • काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रुप दिन आज कार्यदलको बैठक बस्दैछ ।

    images
    images
    images

    सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सदन र सडक दुवै स्थानमा आवाज बुलन्द हुँदै गएपछि सरकार अन्ततः झुकेको छ । 

    images

    सहकारी ठगीबारे सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच भएको सहमतिले आज औपचारिकता पाउने भएको छ ।बैठक आज बिहान ११ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्नेछ । बैठकले कार्यादेशलाई अन्तिम रुप दिने बताइएको छ ।  कार्यादेशलाई अन्तिम रुप दिइ हस्ताक्षर भएपछि मात्रै संसद खुल्ने भएकाले सहमति गरेर अघि बढ्ने बताइएको छ । 

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij