
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । नुवाकोटमा दाजुको हत्या गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ गरेको छ ।
मंगलबार राति पौने ८ बजे किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँ बस्ने ७२ वर्षीय खमसिङ तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए ।
उनी आफ्नै घर नजिकै बारीमा रगताम्य अवस्थामा मृत फेला परेका थिए । उनको हत्या भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपी भारतीको कमाण्डमा टोली खटिएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट दाजु भाइबीच जग्गा विवाद रहेको कारण हत्या भएको डिएसपी भारतीले बताए ।
सिंहबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनले आफ्ना दाजुमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij